सफाइ महाअभियानको २६३औँ हप्ता पुरा: उपत्यकामा अझै फोहरको थुप्रो, ३५ मेट्रिक टन व्यवस्थापन

सफाइ महाअभियानको २६३औँ हप्ता पुरा: उपत्यकामा अझै फोहरको थुप्रो, ३५ मेट्रिक टन व्यवस्थापन

  • शनिबार, जेष्ठ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, १२ जेठ ।
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २६३औँ हप्तामा आज कोटेश्वर महादेवस्थान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर निकालिएको हो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२४औँ हप्तामा आज कोलमती खोलामा सफाई गरि एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले बताउनु भयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र आयोजना प्रमुख आशीष घिमिरेसहितको सहभागीता थियो ।

आगामी शनिबार २२५औँ हप्ताको सफाइ वाग्मतीको मुहान क्षेत्र सुन्दरीजलमा गरिने अभियन्ता पुडासैनीले बताउनुभयो ।

रुद्रमती सफाइको २१८औँ हप्तामा रातोपुल–कालोपुल–सिफलसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

विष्णुमती सफाइ अभियानको १९०औँ हप्तामा सिद्धेश्वर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सहित गरिएको सफाईबाट एक मेट्रिक टन फोहर निकालिएको छ ।

मनोहरा नदी सफाइको ६१औँ हप्तामा आज काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित जडीबुटी तरकारी बजार क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले जानकारी दिनुभयो ।

उता, चक्रपथ सफाइको ५९औँ हप्तामा एयरपोर्टबाट सिनामंगलसम्म सफाइ गरि १८ मेट्रिक टन फोहर व्यवस्थापन गएिको छ ।

उपत्यका विकास प्राधिकरणले चक्रपथ सफाइ अभियानसँगै सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ ३१÷३१ मिटर चौडाइमा बनेका संरचना हटाउन नापजाँच शुरु गरेको इञ्जिनियर देवेन्द्रप्रसाद साहुले जानकारी दिनुभयो । चक्रपथ आठ लेनमा बिस्तार गर्दा पुग्ने गरी नापजाँच भइरहेको उहाँले बताउनुभयो ।

सिनामंगल चोकमा लामो समयदेखि थुपारिएको फोहर आजको चक्रपथ सफाइका क्रममा उठाइएको पनि उहाँले बताउनु भयो ।

उपत्यकाका धेरै स्थानमा गरिएको सफाइको फोहर आज उठ्न सकेको छैन । सिस्डोलमा फोहर लैजान समस्या भएकाले फोहर सडकमै थुपार्न बाध्य हुनुपरेको सफाइ अभियानकर्मीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ