काठमाडौ १२ जेठ ।
प्रदेश नम्बर दुईको सरकार गठन भएको एक सय दिन पूरा भएको छ । यद्यपी सय दिनको अवाधिमा प्रदेश सरकारले उपलब्धीमुलक काम गर्न नसकेको भन्दै सरोकारवालाले गुनासो गरेका छन् ।
फागुन ४ गते गठन भएको प्रदेश सरकारले प्रदेशको नमांकरण लगायत आवश्यक ऐन कानुन निर्माण गर्न नसकेको भन्दै सरकारको सय दिन उपलब्धीमुलक नरहेको टिप्पणी गरेका छन् ।
उनीहरुले प्रदेश सरकारको काम कारबाही परम्परागत तथा पुरातनवादी सोचको भएको गुनासो समेत गरेका छन् । अर्थविद प्राध्यपक डा. सुरेन्द्र लाभले प्रदेश सरकारको सयदिन परम्पराको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।
प्रदेश सरकार मन्त्रीहरु रिबन काट्न तथा संघिय सरकारसँगको विवादमै अल्झिएको लाभको आरोप छ । यद्यपी प्रदेश सरकारले भने जनताले अनुभूति हुने गरी काम गरेको दावी गरेको छ ।
भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारले उल्लेखीय काम गरेको भन्दै कानुन निर्माण, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपूर भ्रमण र प्रदेश सरकारले तय गरेका नितिले पाएका सफलतालाई सरकारको उपलब्धी भएको उल्लेख गर्नुभयो ।