जेष्ठ १२, बर्दिया ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दियाको बासगढी नगरपालिका–३ मा गुडिरहेको बसमा अचानक आगो लाग्दा बस पुरै क्षतिग्रस्त भएको छ ।
काठमाडौबाट डडेल्धुरा जाँदै गरेको उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बस आगलागीबाट बस पुरै जलेपनि यात्रु सकुशल छन् ।
आज बिहान ७ बजेतिर आगो लागेपछि गाडी रोकेर यात्रु बाहिर निकालेको थियो।
आगो नियन्त्रणका लागि कोहलपुरबाट मगाएको दमकल पुग्दा बस पुरै जलिसकेको प्रहरी उपरीक्षक जनकराज भट्टराईले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline