काठमाडौं ।
नेपाल तामाङ घेदुङले नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिश्रृखलामा सुन तस्करी सम्बन्धी सामग्री प्रसारण गरि तामाङ भाषामा बोल्न लगाईएको भन्दै आपती जनाएको छ ।
शुक्रवार प्रशारण हुने भद्रगोलको १६१ औ भागमा सुन तस्करीको बारेमा एक तामाङ पात्रलाई सोहि भाषामा नै बोल्न लगाएको भन्दै बिज्ञप्ती नै निकालेर बिरोध गरेको हो ।
घेदुङका महासचिव महितकुमार तामाङको हस्ताक्षर रहेको बिज्ञप्तीमा उक्त प्रस्तुतीमा अनावश्यक रुपले तामाङ भाषा बोल्ने सुन तस्करमा संलग्न पात्र बनाइ सम्पूर्ण तामाङहरुलाई नै अपराधि बनाउन खोजिएको हुँदा यसले समस्त तामाङ समुदायको आत्मा सम्मानमा गम्भिर चोट पुगेको जनाईएका छ ।
उक्त कमजोरी सच्याउन र आगामी प्रसारणबाटै तत्काल माफी माग्न कार्यक्रम उत्पादकलाइ आग्रह समेत गरेको छ । अन्यथा समुदायमाथि सार्वजनिक रुपमा गरिएको अपमान सह्य नहुने भन्दै त्यसबाट उत्पन्न परिणामको जिम्मेवार कार्यक्रम निर्माता पक्ष नै हुने समेत घेदुङले चेतावनी दिएको छ ।
