११ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले सपना देख्नु गलत नभएके बताएका छन् ।
नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्दै उनले सरकारले जनतालाई देखाइएको सपना पूरा गर्ने चरणमा प्रवेश गरको बताए ।
विपक्षी दलका सांसदले सरकारले सपनामात्र देखाएको आरोप लगाएपछि नेम्वाङले नीति तथा कार्यक्रमार्फत प्रवेश गरेको सपनालाई बोक्ने बजेट अब सरकारले ल्याउनुपर्ने बताए ।
सरकारले देखाएका सपना ५ वर्ष्भित्रमा पूरा हुने उनको दावी छ ।
नेम्वाङले भन,े जेठ ७ पश्चात म पनि काठमाडौंदेखि लुम्बिनी, काठमाडौंदेखि पोखरा मात्र होइन, अब ५ वर्ष्भित्रमा काठमाडौंदेखि दिल्ली पुग्ने, दिल्लीबाट युरोप पुग्ने । काठमाडौंदेखि बेइजिङ पुग्ने सपना देख्न थालेको छु ।’
‘हामी पानी जहाजको सपना देख्न थालेका छौं । हत्तपत्त नाउ चढ्न नपाउने त्यो पहाडबाट आएको म, आजकाल यो जेठ ७ गतेपश्चात् कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु । उनले थपे ।
उनले कांग्रेस सांसद मिनेन्द्र रिजालतिर लक्षित गर्दै भने, ‘म संशोधन राख्ने मित्रलाई उहाँकै निर्वाचन क्षेत्र मोरङबाट हिन्द महासागरसम्म पानीजहाज चढेर जाउँ भन्ने आग्रह म अहिले नै गर्छु । संशोधन राख्ने मित्रहरुलाई म अहिले नै निम्ता गर्छु ।’