भाकपा माओवादीको आह्‍वानमा भारतका ६ राज्य बन्द, विधायकको घरमा शक्तिशाली बम विस्फोट

भाकपा माओवादीको आह्‍वानमा भारतका ६ राज्य बन्द, विधायकको घरमा शक्तिशाली बम विस्फोट

  • शुक्रबार, जेष्ठ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

११ जेठ,काठमाडौँ ।जनताको नसंहार गरेको भन्दै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आज (शुक्रबार) ६ राज्य बन्दको आह्वान गरेको छ । अप्रिल २३ र२४ मा महाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा भएको नरसंहारको विरोधमा माओवादीले आज ६ ओटा राज्य बन्दको घोषणा गरेको हो ।
बन्दको पूर्वसन्ध्यामा विहीबार माओवादी सेनाले थापेको एम्बुसमा परी छत्तिसगढ राज्यको सुकमा जिल्लामा २०६ कोब्रा बटालियनका इन्सपेक्टरको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । सोही घटनामा आधा दर्जन सुरक्षाकर्मी घाइते भएका छन् ।

शुक्रबार विहानै माओवादी सेनाले छत्तिसगढ राज्यको कङ्कड जिल्लाको टकोडीस्थित भारतीय हन्ट पार्टीका बिधायक उसेंडीको फर्महाउसमा बम विस्फोट गराएका छन् । छत्तिसगढका मुख्यमन्त्री रमण सिंहले माओवादीविरुद्ध आक्रमक नीति लिएसँगै द्वन्द्व झन् बढेको छ । उनले आदिवासीविरुद्ध ‘बस्तरिया डिभिजन’ बनाएका छन् ।

एक महिनाअघि भारतको महाराष्ट्र राजयको गाडचिरोली जिल्लाको बोरिया कन्सासुर क्षेत्रमा भएको आम नरसंहारको विरोधमा माओवादीको ‘उत्तर बस्तर डिभिजन कमिटी’ र ‘उत्तर सब जोनल ब्युरोद्वारा आज मध्यप्रदेश, आन्ध्र, ओडिसा, महाराष्ट्र, छत्तिसगढ र तेलङ्गना बन्द गरेको छ । बन्दका कारण यातायात, उद्योग कलकारखना, विद्यालय, बजार प्रभावित भएका छन् ।

जनमेल अनलाइनका अनुसार मे १९ देखि २५ सम्म ‘प्रतिरोध सप्ताह’ मनाइरहेको माओवादीले बन्दको प्रचारका लागि पर्चा, पोस्टरका साथै ठाउँठाउँमा तुल पनि टाँगेको छ । विकासका नाममा विदेशी कम्पनीलाई मुलुकको प्राकृतिक स्रोत साधन जिम्मा लगाउने र वर्षौँदेखि बस्तै आएका आदिवासीहरूलाई मूल ठाउँबाट हटाउने सरकारी निर्णयको माओवादी पार्टीले विरोध गर्नुका साथै प्रतिरोध कार्यक्रम पनि गरिरहेको छ । आदिवासीहरूलाई माओवादी भन्दै धरपकड, हत्या र बलात्कार गर्ने कार्य पनि भइरहेको भन्दै माओवादीले जल, जमिन र जङ्गल आदिवासी जनताको अधिकारको कुरा हो र यसको पक्षमा सदैव लड्ने घोषणा पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ