गणेश तिमसिना/धरान, १० जेठ ।
नेपाल सरकारले सन २०१७ सम्म मा देश भरी सबै घरमा चर्पी बनाई देशलाई खुल्ला दिशामुक्त घोषण गर्ने प्रतिबद्धता जनाएको छ ।
२०६८ सालमा सरसफाई गुरुयोजना कार्यन्यनमा ल्याएको सरकारले२०६७ साल सम्म नेपाल अधिराज्यभर ४३ प्रतिशत नागरिकले चर्पीको प्रयोग गरेको अवस्था लाई गुरुयोजना कार्यन्वयन पश्चात २०१७ सम्ममा ९६ प्रतिशतमा चर्पीको पहुच पुगेको खानेपानी तथा ढल विभागले जनाएको छ ।
अहिले सम्म ५१ जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा भईसकेको छ भने ४,६र७ नम्वर प्रदेश पुर्णरुपमा खुल्ला दिशा मुक्त प्रदेश घोषणा भएका छन ।
१नम्वर प्रदेश खुल्ला दिशामूक्त क्षेत्र घोषणा हुनको लागि झापा ,मोरड र सुनसरीले बाधा गरिरहेको छ अन्य ११जिल्ला खुल्ला दिशा मुक्त भइसकेका छन ।
खानेपानी तथा ढल विकास विभागका उपनिर्देशक मनोज घिमिरेको दौडाहा टोलीले ३ जिल्लाका राजनितिक दल सन्चार कर्मी र सरोकारवाला सस्थाहरुलाई झकझकाउने कार्य हालसालै गरेको छ।सुशुप्त अवस्थामा रहेको सरसफाई प्रर्बद्धन कार्यक्रमलाई उर्जाशिल बनाउन दौडाहा टोलीले मद्धत पु¥याएको सुनसरी जिल्ला सम्न्वय समितीका उपप्रमुख कृष्ण कुमारी बिश्वकर्माले जानकारी दिनुभयो यसैगरी झापा जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको प्रमुखको अध्यक्षतामा बसेको बैठकले जष्ठ २२ गते झापा जिल्लालाई खुल्ल दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
झापा मोरङ र सुनसरीको सरसफार्इैको अवस्थालाई नियालेर हेर्दा मोरङ पछाडि परेको देखिन्छ । प्रदेश राजधानी नेताको जमघट हुने थलो देशको उद्यगम स्थल सरसफाईमा किन पछि परेको हो कारण खोज्दलै दौडाहा टोली मोरङ परेको छ ।