भारतीय माओवादीद्धारा शुक्रबार भारतका ६ वटा राज्य बन्दकाे घाेषणा

भारतीय माओवादीद्धारा शुक्रबार भारतका ६ वटा राज्य बन्दकाे घाेषणा

  • बिहिबार, जेष्ठ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

भारतमा सरकारले निशस्त्र स्थानीय ३ दर्जन बढि जनता र माओवादी कार्यकर्ताको हत्या गरेको विरोधमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी)ले राज्य बन्दको घोषणा गरेको छ ।

कथित मुठभेडका नाममा एक महिनाअघि भारतको महाराष्ट्र राजयको गाडचिरोली जिल्लाको बोरिया कन्सासुर क्षेत्रमा भएको आम नरसंहारको विरोधमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को ‘उत्तर बस्तर डिभिजन कमिटी’ र ‘उत्तर सब जोनल ब्युरोद्वारा भोलि मे २५ का दिन भारतको ६ वटा राज्य मध्यप्रदेश, आन्ध्र, ओडिसा, महाराष्ट्र, छत्तिसगढ र तेलङ्गना बन्दको घोषणा गरेको छ ।

मे १९ देखि २५ सम्म ‘प्रतिरोध सप्ताह’ मनाइरहेको सो पार्टीले बन्दको प्रचारका लागि पर्चा,पोस्टरका साथै ठाउँठाउँमा तुल पनि टाँगेको छ । विकासका नाममा विदेशी कम्पनीलाई मुलुकको प्राकृतिक स्रोत साधन जिम्मा लगाउने र वर्षौँदेखि बस्तै आएका आदिवासीहरूलाई मूल  ठाउँबाट हटाउने सरकारी निर्णयको माओवादी पार्टीले विरोध गर्नुका साथै प्रतिरोध कार्यक्रम पनि गरिरहेको छ ।

आदिवासीहरूलाई  माओवादी भन्दै धरपकड, हत्या र बलात्कार गर्ने कार्य पनि भइरहेको भन्दै माओवादीले जल, जमिन र जङ्गल आदिवासी जनताको अधिकारको कुरा हो र यसको पक्षमा सदैव लड्ने घोषणा पनि गरेको छ ।

भाकपा (माओवादी) ले २२/ २३ अप्रिलको घटना योजनाबद्ध किसिमले गरिएको नरसंहार हो र यसको उदेश्य जनतालाई आतंकित पारी सो क्षेत्रबाट विस्थापित गर्नु हो भनेको छ । माओवादी कार्यकर्तासहित ४० जना गाउँलेको हत्याको निन्दा गर्दै माओवादीले बदला लिएरै छाड्ने घोषणा पनि गरेको छ ।यसै क्रममा यसै हप्ता छातिसगढ़को दन्तेवाडा जिल्लामा माओवादी छापामारले थापेको अम्बुस्मा परेर ७ जना दुस्मन फोर्सको मृत्यु हुनुको साथै एके -४७ लगायतको हतियार पनि काब्जा गरेका थिए ।

अप्रिल २३को घटना अहिले अन्तराष्ट्रिय मुद्धा बनेको छ र विभिन्न मानअधिकारवादी संस्थाहरूले यसको स्वतन्त्र छानबिनको कुरा पनि उठाएका छन् भने बौद्धिक क्षेत्रले यसका विरुद्ध विभिन्न कार्यक्रमहरू गरिरहेको  छ ।

जनमेलबाट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ