कर्णाली क्षेत्रमा मदीरा नियन्त्रण अभियान तिब्र, किनबेच भए कडा कार्वाहि गर्ने नेकपाको चेतावनी

कर्णाली क्षेत्रमा मदीरा नियन्त्रण अभियान तिब्र, किनबेच भए कडा कार्वाहि गर्ने नेकपाको चेतावनी

  • बिहिबार, जेष्ठ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाण्डौ, १० जेठ ।
नेपाल कम्युनिष्ट पार्टीले कर्णाली क्षेत्रमा मदीरा नियन्त्रणका लागि सुरु गरेको अभियान बिपरित अझै किन बेच भएको पाईएको भन्दै कडा कार्वाहि गर्ने चेतावनी दिएको छ ।
आज नेकपा निकट चार वटा जनवर्गिय संगठनले बिज्ञप्ती निकालेर दुई महिना अघि नै कर्णाली अञ्चलमा मदीरा निशेधित क्षेत्र घोषणा गरि अभियान नै चलाईएको प्रष्ठ पार्दै यसको उल्लङघन गर्नेलाई कडा कार्वाहि गर्ने चेतावनी दिएको हो ।
जिल्ला जनपरिषद कालिकोटका प्रमुख विषाखर जैसी, योङ्ग रेड फोर्स कालिकोटका अध्यक्ष सितल बिष्ठ, अ.ने.म.संघ (क्रान्तिकारी)कालिकोटका संयोजक राधिका शाही र दलित मुक्ती मोर्चा कालिकोटका अध्यक्ष सर्पलाल बिकले जारी गरेको संयुक्त बिज्ञप्तीमा मदिरा नियन्त्रणका लागि यसअघि नै अभियान सुरु गरिसकेको र ब्यावसायीहरुलाई पनि जानकारी गराईसकेको जनाईएको छ ।
यसअघि योङ्ग रेड फोर्सले भ्रष्टचार, अनियमिता, अपारदर्शीता र बिकृती बिसंगति तथा मदिरा नियन्त्रणको अभियान सुरु गरेकोमा नेकपाका अन्य जनवर्गिय संगठनले पनि साथ दिएको उनीहरुले जनाएका छन् ।
मदीरा सेवनकै कारण कयौले अकालमा ज्यान गुमाउनु परेको र सामाजिक सम्बन्धहरु बिग्रिनुका साथै धनसम्पति मदिराकै कारण सकेर सडकमा पुगिरहेको अवस्था हुँदा समेत राज्य उदासिन भएकाले आफुहरुले यो अभियान चालाएको पनि चारै संगठनले प्रष्ठ पारेका छन् ।
दैनिक छाक टार्नका लागि घरेलु मदिरा बनाउने जनताको घरघरमा पुगेर पशासनले नष्ट गर्ने गरेको भएपनि आम मदिरा नष्ट गर्ने निती नलिएका कारण आफुहरुले मदीरा अभियान नियन्त्रण अभियान चलाएकाले यसमा सबैलाई साथ दिन आग्रह समेत गरिएको छ ।
पुरै कर्णाली क्षेत्रमा नै अभियान सुरु भएकाले असहयोग गर्ने तथा उल्लङघन गर्नेहरुलाई कार्वाहि गर्ने र त्यसको जिम्मेवार सम्बन्धीत पक्ष नै हुने पनि चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ