गोरेको बयान : सुन भारतीयको हो तर सबै दोष मलाई लगाइयो, कसैलाई मारेर मलाई खान आउँदैन(भिडियो)

गोरेको बयान : सुन भारतीयको हो तर सबै दोष मलाई लगाइयो, कसैलाई मारेर मलाई खान आउँदैन(भिडियो)

  • बुधबार, जेष्ठ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं, ९ जेठ । साढे ३३ किलाे सुन तस्करी र सनम हत्याकाण्डका मुख्य अाराेपि भनिएका चुडामणि उप्रेती गोरेले आफु सुन पास गराउने भरियामात्र भएको बयान दिएका छन् । गायब भएको साढे ३३ किलो सुन भारतीयको भएको पनि उनते बताए ।

भुजुङ गुरुङ, छिरिङ भन्ने र एमके भन्ने मोहनकुमार अग्रवालको दबाब आफुलाई रहेको भारतमा गरेको भिडियो रेकर्डको बयानमा भनेका छन् ।

सुन प्रकरणबारे आफैंले रेकर्ड गरेको भिडियोमा भनेका छन्,‘सनमको हत्या मैले गरेको होइन । अनिल ठकुरी र मने भन्ने थिए । तर सबै दोष मलाई लगाइयो ।’

उनले रेकर्ड गरेको भिडियो बयानमा सनमलगायतका टिमका साथीबीच खाने पिउने र झगडा हुने गरेको बताएका छन् । भिडियोहरूमा गोरेले यातना दिएको प्रस्ट देखिए पनि उनको यो अभिव्यक्ति आएको हो ।

उनले भनेका छन्,‘हामी वर थियौं पछि सनम मरो भन्ने खबर आए पछि मैले लास व्यवस्थापनका लागि मामा भनिने बालकृष्ण सञ्जेललाई बोलाएको हुँ । पैसाको लेनदेनको कुरा भएको थिएन ।’

उनले पटक–पटक आफुलाई मारेर खान नआउने बताउँदै आत्मसमर्पण गर्न चहान्छु भन्दै उर्लाबारीबासीले ढुङ्गाले हानेर मारे पनि हुने बताएका छन् ।

बारम्बार आफुमाथि दबाब रहेको भन्दै उनले भिडियोको अन्त्यमा आफ्नै सुरक्षाको खाँचो रहेको बताएका छन् । तर कसको दबाब छ भन्ने खुलाएका छैनन् ।

गोरेलाई पक्राउ गरी मंगलबार सार्वजनिक गर्दै जिल्ला अदालतमा बुझाइसकिएको छ । जिल्ला अदालत मोरङमा उनको बन्द इजलाशमा बयान लिइएको छ । अदालतको बयानबारे भने केही खुलाइएको छैन ।

भिडियो स्रोत : केन्द्रविन्दु डट कमबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ