बाजेको सेकुवाका साहु–साहुनी सुइँकुच्चा, रेड कर्नर नोटिस जारी गर्ने तयारी

बाजेको सेकुवाका साहु–साहुनी सुइँकुच्चा, रेड कर्नर नोटिस जारी गर्ने तयारी

  • बुधबार, जेष्ठ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ९ जेठ । बहुचर्चित ३३ किलो सुन प्रकरणमा मुख्य कारोबारी मानिएका गोरे भनिने चूडामणि उप्रेतीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

उनैले हराएको सुन खोज्न भरिया सुनम शाक्यलाई यातना दिएको भिडियो रेकर्ड हेरेपछि हाल परार रहेका बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी र उनकी पत्नीविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी शुरु भएको छ ।

चूडामणिचाहिँ केही दिनयता भारतीय भूमिबाट प्रहरी सम्पर्कमा आई इन्काउन्टरमा नपर्ने ग्यारेन्टीसहित हात उठाएका हुन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

उनले सम्पर्कमा आएका प्रहरीसँग हाल पक्राउ परी मोरङ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेका आरोपी बारे सुनुवाई भएलगत्तै आत्मसमर्पण गर्ने सोँच सुनाएका थिए ।

तर, भेटिसकेका अभियुक्त प्रहरीले किन छाड्थ्यो र ? प्रहरीले अप्ठेरा मामिलाका कसुरदार पक्राउ गर्दा प्रमाणको अभाव हुने, उच्च राजनीतिक दबाब आउने र थेग्न नसकिने दबाब झेल्नुको सट्टा जवाफी कारबाहीमा मारिएको प्रतिवेदन दिने क्रम पछिल्लो समयमा बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ