प्रचण्डका छोरी रेणु र गङ्गाको नयाँ गृहप्रवेश, बाबुबाट पाए यस्ताे घर दार्इजाे

प्रचण्डका छोरी रेणु र गङ्गाको नयाँ गृहप्रवेश, बाबुबाट पाए यस्ताे घर दार्इजाे

  • बुधबार, जेष्ठ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

देशको सबैभन्दा धनी नेताका रूपमा समेत चिनिएका कम्युनिस्ट नेता प्रचण्डले आफ्ना दुई छोरीहरू (रेणु र गङ्गा)लाई आफ्नै निवासवरिपरि घर बनाइदिएका छन् । लाजिम्पाटको निवास नफापेपछि छोरा प्रकाशका निम्ति कुनै शारदा अधिकारी नामक ठेकेदारको नाममा बनाइएको खुमलटारस्थित घरमा बसोवास गर्न पुगेका प्रचण्डले आफ्ना दुवै छोरीलाई आफ्नै निवासको नजिकै दुईवटा घर बनाइदिएर गृहप्रवेश गराएका छन् ।

निकै हतार–हतारमा निर्माण गरिएका ती घरहरू ‘इन्टेरिएर’लगायतको काम सम्पन्न हुन बाँकी भए पनि गत वैशाख २९ गते सनातनी धार्मिक विधिअनुरूप पूजा गरी दुई छोरीलाई गृहप्रवेश गराइएको थियो । उक्त दिन गृहप्रवेश नगराइँदा विजयादशमी या अर्को कुनै राम्रो साइत पर्खनुपर्ने भएकोले त्यसरी वैशाख २९ गते नै गृहप्रवेश गर्नुपरेको पूजामा संलग्न पुरोहितले बताएका छन् ।

देशलाई धर्मनिरपेक्ष तुल्याउन सर्वाधिक मुख्य भूमिका निर्वाह गर्ने र इसाई धर्मप्रति विशेष निकटता दर्शाउने प्रचण्डले छोरीहरूलाई गृहप्रवेश गराउँदा भने सनातन विधिअनुरूप पुरोहित राखेर पूजा गर्न लगाएका थिए ।

ज्ञातव्य छ, प्रचण्डले बुझाएको सम्पत्ति विवरणमा एक कट्टा जमिन (चितवनमा) र तीन तोला सुन मात्र उल्लेख छ । तर, नेताहरूमध्ये शेरबहादुर देउवाको भन्दा पनि विलासी जीवन यिनै प्रचण्डको देखिएको छ ।घटना र विचारबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ