वन मन्त्रीका स्वकीय सचिवले रक्सी खाएर मन्त्रालय भित्रै सचिवमाथि गरे हातपात !

वन मन्त्रीका स्वकीय सचिवले रक्सी खाएर मन्त्रालय भित्रै सचिवमाथि गरे हातपात !

  • बुधबार, जेष्ठ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

९ जेठ,सुर्खेत ।  कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्वर बुढाले रक्सी सेवन गरेर मन्त्रालयका सचिवमाथि हातपात गरेका छन् ।

तत्कालिन एमालेबाट मन्त्री भएका बुढाका स्वकीय सचिव डम्बर बुधबार मदिरा सेवन गरि मन्त्रालय पुगेका थिए ।

उनीसँगै जगत सिंह, हरिप्रसाद तिवारीलगायतका युवाहरु पनि सँगै थिए । उनीहरुले सचिव विद्यानाथ झामाथि कार्यकक्षमै हातपात प्रयास गरेका थिए । प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो । तर, केही समयपछि छोडेको थियो ।

सचिव झाले मन्त्रीका स्वकीय सचिव बुढासहितका केही युवाहरुले मदिरा सेवन गरेर आफूमाथि हातपात गर्न खोजेको बताए । सुरक्षाकर्मीले बाहिरबाट ढोका बन्द गरेका कारण ठूलो घटना हुन नपाएको सचिव झाले बताए ।

बैशाख १ गते कर्णाली प्रदेश सरकारले मुगुको रारातालबाट सुरु गरेको कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका आफ्नो व्यक्तिगत रकम खर्च भएको भन्दै स्वकीय सचिव बुढाले सचिव झासँग रकम मागेको बताइएको छ । तर, सचिव झाले कमिसन तथा अनियमित रकम दिन नमिल्ने भनेका थिए । सचिवको जवाफ सुनेपछि बुढाको नेतृत्वमा तीनै जनाले आफूमाथि आक्रमण गर्न खोजेको झाको भनाई छ ।

सचिव झाले आफूमाथि हातपात भएको जानकारी गराएपछि प्रहरी टोली पठाएको जिल्ला पहरी कार्यालय सुर्खेतले बताएको छ ।-डवलीअनलाइनबाट

तस्विर: गुगलबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ