जथाभावी पार्किङको विरोधको अनौठो शैलीः सरकारी गाडीमा यस्तो पोस्टर !

जथाभावी पार्किङको विरोधको अनौठो शैलीः सरकारी गाडीमा यस्तो पोस्टर !

  • बुधबार, जेष्ठ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

९ जेठ, काठमाडौं । जथाभावी पार्किङ गर्ने क्रम नरोकिएपछि नागरिकले नयाँ तथा अनौठो बिरोधको शैली अपनाएका छन् ।
सडक पेटीमा, अति ब्यस्त सडकमा तथा साघुरा स्थानहरुमा सर्वसाधारणदेखि , उच्च ओहदाका सरकारी कर्मचारीहरुले नै जथाभाबी पार्कि गर्ने क्रम नरोकिएपछि फरक शैलीमा बिरोध अभियान सुरु भएको हो ।
झन सरकारी गाडी नै सार्वसारधाण हिड्ने पेटी र सडकको छेउछेउमा रोकिएपछि बानेश्वरको अल्फा बिटा क्षेत्रमा स्थानीयले शालिन तर, सशक्त विरोध गरेका छन् ।
उक्त क्षेत्रमा खानेपानीको पाइप राख्नका लागि पेटीहरु खन्ने काम भइरहेको छ ।

त्यसै पनि सडक साघुरो भएकाबेला पैदलयात्रुहरुलाई हिड्न समेत नहुनेगरि त्यही ठाउँमा पार्किङ गरेको सरकारी गाडीमा ‘दिमाग नभएको सरकारी कर्मचारीको गाडी’ लेखिएको पोष्टर टाँसेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ