९ जेठ,काठमाडौं ।
चार जना नेपाली पत्रकार महिलाले सर्वाेच्च शिखर सगरमाथा चुम्न सफल भएका छन् । उनीहरुले आज बिहान ६ बजेको समयमा सगरमाथाको शिखरमा पुगेर आरोहण सफल पारेका हुन् ।
साधारण रुटबाट आरोहण शुरु गरेका रोजिता बुद्धाचार्य, रोशा बस्नेत, कल्पना महर्जन र देउराली चाम्लिङ सगरमाथाको चुचुरामा पुग्न सफल भएको पर्यटन तथा संस्कृत मन्त्रालयका सगरमाथा आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
आरोहण टोलीमा रहेकमध्य प्रियालक्ष्मी कार्की आरोहणकै क्रममा भएको स्वास्थ्य खराबीका कारण तेस्रो शिविरबाटै फिर्ता भएकी छन् । उनीहरु ‘फस्ट वुइमेन जनर्ना्लिस्ट एभरेष्ट एक्सपिडिसन–२०१८’ अभियानसाथ अरोहण दलबाट सहभागी भएका थिए ।
काठमाडौकी रोजिता नेपाल टेलिभिजनमा, ललितपुरकी कल्पना मेगा टेलिभिजनमा, मोरङकी रोजा राष्ट्रिय समाचार समितिमा कार्यरत छिन् भने देउराली चाम्लिङ स्वतन्त्र पत्रकार हुन् ।
चारै जना सगरमाथा आरोहण गर्ने प्रथम महिला पत्रकार बनेका छन् । आरोहण दलको नेतृत्व रोजिताले गरेकी थिइन् ।