धादिङ, ९ जेठ ।
पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङस्थित हुग्दी खोलामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रकमा सवार नवलपरासी मध्यविन्दु नगरपालिका– १० वस्ने २३ वर्षीयय शेरबहादुर सोमई मगर रहेका छन् ।
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख १५६८ नंको ट्रक खोलामा दुर्घटना हुँदा मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
घाइते दुई जनाको काठमाडौँमा उपचार भईरहेको छ ।
उता, सप्तरी बेल्ही चपेना गाउँपालिका– १ मा ट्र्याक्टरको ठक्करबाट आज स्थानीय जीतन यादवको ११ वर्षीय छोरा ब्रम्हदेव यादवको मृत्यु भएको छ ।
स १ त ५०८४ नं को ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका यादवको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकाले उनको खोजी भइरहेको जिप्रकाले जनाएको छ ।