प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी

  • बुधबार, जेष्ठ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, जेठ ९ ।
सरकारले गत सोमबार प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम माथि आजबाट प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

नीति तथा कार्यक्रममाथि आज सहित तीन दिन छलफल हुने संघीय संसद सचिवालयका सह प्रवत्ता केशव अर्यालले जानकारी दिनुभयो ।

सरकारी कार्यक्रम माथि सत्ता सर्मथित संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले संघीय संसदमा ८ वटा संशोधन दर्ता गराएका छन् ।

राजपा र फोरमले संविधान संशोधनलाई सरकारी नीति तथा कार्यक्रममा समेट्न माग गर्दै संशोधन दर्ता गराएका हुन भने कंग्रेसले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मानजनक पदावली प्रयोग गर्नु पर्ने भन्दै संशोधन दर्ता गराएका हुन् ।

राष्ट्रिय सभामा भने भोली देखि नीति तथा कार्यक्रम माथि दुई दिन छलफल चल्ने सह प्रवत्ता अर्यालले जानकारी दिनुभयो ।

यस्तै प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले गफ भन्दा पनि काम गरेर देखाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

उहाँले हावादारी कुरा गरेर नागरिकलाई नझुक्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । नीति कार्यक्रममा रेल मार्ग, जल मार्ग, विद्युत लगायतका विकासका कुरामा आधारहीन प्रचार गर्न खोजिएको उहाँले आरोप लगाउनुभयो ।

अबको पाँच वर्षमा नेपाली युवालाई विदेश जान नपर्ने गरी रोजगारको व्यवस्था गर्नु अहिलेकै अवस्थामा चुनौतीपूर्ण रहेको देउवाले बताउनुभयो ।

उहाँले विदेशी लगानी भित्र्याउन र विकासका कामलाई अगाडि बढाउने सवालमा अहिलेसम्म सरकारले कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना गर्नुभयो । साथै उहाँले नेपाली नागरिकलाई राष्ट्रवादको पाठ पढाउन जरुरी नभएको पनि उल्लेख गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ