काठमाडौं, जेठ ९ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिने तयारी भएको छ । साँझ ५ बजे थप उपचारको लागि भारत लैजाने तयारी भउको उहाँको पारिवारीक स्रोतले बताएको छ ।
काठमाडौंको धापासिस्थित ग्राण्डी अन्तराष्ट्रि अस्पतालमा उपचाररत घिमिरेलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लैजान लागिएको हो । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाह बमोजिम थप उपचारका लागि भारत लैजान लागिएको हो ।
गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना हुनुभएको थियो । उहाँको उपचारमा संलग्न चिकित्सक विवेक शर्माले सानो आन्द्राबाट रगत बगिरहेको तर त्यो स्थान पत्ता लाग्न नसकेकाले थप उपचारका लागि भारत लैजान सुझाव दिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालमा छैन । घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लैजाने र घर फर्काउने क्रम चलिरहेको छ ।