कार्यकर्ता प्रशिक्षणमा गजुरेलले भने, ‘अब सशस्त्र जनविद्रोहको यात्रा शुरु भयो’: लाठी तालिम सकियो

कार्यकर्ता प्रशिक्षणमा गजुरेलले भने, ‘अब सशस्त्र जनविद्रोहको यात्रा शुरु भयो’: लाठी तालिम सकियो

  • बुधबार, जेष्ठ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, जेठ ९ ।नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेलले नयाँ जनवादी क्रान्ति पूरा गर्न सशस्त्र जनविद्रोहको यात्रा सुरु भएको घोषणा गर्नुभएको छ ।

क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल १ नं. प्रदेशस्तरीय राजनैतिक तथा शारीरिक प्रशिक्षण कार्यक्रमको समापनलार्इ संवोधन गर्दै उहाँले आगोको झिल्कोलाई कम नसम्झन र आगोसँंग नखेल्न केपी–मोदी गठबन्धनलाई गजुरेलले चेतावनी दिनुभयो ।
केपी ओलीको राष्ट्रवाद र प्रचण्डको माओवाद जनताले राम्ररी बुझिसकेको गजुरेलको भनार्इ थियो ।

ओखलढुंगाको मोलुङ् गाउँपालिकाको प्राप्चामा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले ५ जेष्ठमा एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो ।

चार दिनसम्म निरन्तर चलेको प्रशिक्षण कार्यक्रममा महासचिव किरणले पार्टीको कार्यनीति र कार्यदिशाबारे, पोलिटव्युरो सदस्य बसन्तले दर्शन र वैज्ञानिक समाजवादबारे, अर्का पोलिटव्युरो सदस्य एसटीले राजनैतिक अर्थशास्त्रमा प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी पार्टी स्थायी समिति सदस्य सीपी गजुरेलले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबारे प्रशिक्षण दिएका थिए भने आदर्श, आकाश र रविनले विभिन्न विधामा शारीरिक प्रशिक्षण दिनुभयो ।
उक्त युवा प्रशिक्षण कार्यक्रममा १ नं. प्रदेशका १४ जिल्लाबाट आएका युवा प्रतिनिधिहरु सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ