विराटनगर, ८ जेठ ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ४ जना नेताहरुलाई आज रिहा गरे लगत्तै पुनः प्रहरीले गिरफ्तार गरेको छ ।
केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम र सेक्रेटरी नवराज भट्टराईलाई उच्च अदालत विराटनगरले रिहा गरेलगत्तै पुनः सुनसरीबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको हो ।
उच्च अदालतले रिहा गरेलगत्तै अदालत परिसरबाटै चारै जना नेताहरुलाई गिरफ्तार गरि सुनसरी पुर्याईएको जनाईएके छ ।
गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरि चैत २९ गते धनकुटा जिल्ला प्रशासनले सामान्य धरौटिमा छोडे लगत्तै उनीहरुलाई पुन उदरपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।
त्यसपछि गत २७ वैशाख मा उदयपुर जिल्ला अदालतले रिहा गरेपछि मोरङ्गबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।
उनीहरुलाई आज पनि रिहा भएलगत्तै पक्राउ गरि सुनसरी पुर्याईएको हो ।
उनीहरुसँग गिरफ्तार मा परेकी तेहथुमको सेक्रटरी कमला लिम्बुलाई भने केहि दिन अघि प्रहरीले रिहा गरेको थियो ।
