८ जेठ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनवर्गीय संगठन संयुक्त उद्योग वाणिज्य महासंघको राष्ट्रिय सम्मेलन स्थगित भएको छ ।
यसअघि महासंघको दोस्रो सम्मेलन यही जेठ २१–२३ मा सम्पन्न गर्ने मिति तय गरिएको थियो ।
पार्टीको ६ महिने राजनीतिक तथा संगठानिक अभियानको व्यस्तताका कारण हाललाई सम्मेलन स्थगित गरिएको महासंघका अध्यक्ष युवराज पराजुलीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य एवं फ्रयाक्सन ईन्चार्ज जीवन्तको उपस्थितिमा आज बसेको महासंघको कार्यालय बैठकले आसन्न दोस्रो सम्मेलन स्थगित गर्ने निर्णय गरिएको हो ।
पार्टीकै निर्देशन अनुसार हालको सम्मेलनलाई स्थगित गरेका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
महासंघमा यातायात, निर्माणलगायत साना स्वरोजगार व्यावसायीदेखि लिएर राष्ट्रिय स्तरका उद्योगी व्यावसायीहरु आवद्ध छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline