इरान माथि कडा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

इरान माथि कडा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

  • मङ्लबार, जेष्ठ ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी, जेठ ८ ।
अमेरिकाले इरानमाथि हालसम्मकै कडा प्रतिवन्ध लगाउने तयारी गरेको छ । इरानका राष्ट्रपति हसन रुहानीले भने अमेरिकी कदमको कडा शब्दमा आलोचना गर्नु भएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इरानको आक्रामक रवैया रोक्नका लागि भन्दै बिभिन्न १२ शर्तहरु सार्वजनिक गर्दै त्यसको पालना गर्नु पर्ने बताउनु भएको छ ।

शर्तमा सीरियाबाट आफ्ना फौज फिर्ता बोलाउनेदखि यमनमा विद्रोहीलाई समर्थन नगर्ने, अन्तर्रा्ष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)लाई आफ्नो पूर्वन्युक्लियर मिलिट्री प्रोग्रामको पूरै जानकारी दिनुपर्ने र परमाणुसम्बन्धी कामलाई सधैंको लागि बन्द गर्नुपर्ने सम्म रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैगरि छिमेकी देशप्रति धम्कीको व्यवहार बन्द गर्नुपर्ने र झूठा आरोपमा पक्राउ परेका इरानमा हराएका अमेरिकी र उसका सहयोगी देशका नागरिकलाई रिहा गर्नुपर्ने शर्तहरु पनि अमेरिकाले राखेको छ ।

इरानप्रतिको नयाँ नीतिबारे जानकारी गराउँदै विदेशमन्त्री पोम्पियोले शर्तहरु पालना गर्न सुरु गरेको देखिए मात्रै इरानलाई केही राहत मिल्ने उल्लेख गर्नु भयो । अन्यथा आफ्नो अर्थ व्यवस्थालाई बचाउनका लागि इरानले कठिन संघर्ष गर्नुपर्ने उहाँको चेतावनी छ ।

यसै महिनाको शुरुआतमै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका अलग भएको घोषणा गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ