नेकपाको दबाबमा भारतले बन्द गर्यो विराटनगरको फिल्ड अफिस

नेकपाको दबाबमा भारतले बन्द गर्यो विराटनगरको फिल्ड अफिस

  • मङ्लबार, जेष्ठ ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं जेठ ८ ।
भारत सरकारले विराटनगरमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यलय बन्द गर्ने निर्णय गरेको छ ।
२०६५ सालमा कोशी तटबन्ध भत्किएपछि उद्योग, व्यापार सहजीकरणका लागी भन्दै सो कार्यालय स्थापना गरिएको थियो । सो कार्यालय बन्द गर्न नेपाल सरकारले कुटनीतिक पहल जारी राखेको थियो ।
सुरुवाती दिनमा सानो भवनमा अस्थायी रुपमा सञ्चालनमा रहेको सो कार्यालयलाई भारत सरकारले पछिल्लो समय भने व्यवस्थित बनाएको थियो । फिल्ड अफिस स्थापनाको उद्धेश्य पुरा भएकाले बन्द गर्ने निर्णय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा समकक्षी केपि ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराउनुभएको भारतीय विदेशमन्त्रालयका प्रवक्ता राभिष कुमारले नियमित पत्रकार सम्मेलनका क्रममा बताउनुभएको हो ।
केही दिन अघि प्रधानमन्त्री ओलीले फिल्ड अफिस हटाउने बारे संसदमा जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ