साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके गोरे पक्राउ

साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके गोरे पक्राउ

  • मङ्लबार, जेष्ठ ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, जेठ ८ ।
साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।

सोही प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका एक उच्च अधिकारीले उनी पक्राउ परेको पुष्टि गरेका हुन् ।
यद्यपि, उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने बारे भने खुलाइएको छैन । उनलाई पत्रकार सम्मेलन गरेर आजै सार्वजनिक गर्ने तयारी गरिएको छ ।

माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएसँगै यो घटना सार्वजनिक भएको थियो । पछि भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भएको थियो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा पूर्व डिआईजी गोविन्द निरौला, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् ।

एसएसपी श्याम खत्री अझै फरार छन् । घटनामा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।

घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह(सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।

चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ ‘गोल्ड डन’का नाममा पनि चिनिन्छन् ।

हाल उनका भाइ र श्रीमति दुवै यूएईमा छन् । उनका परिवारका अधिकांश सदस्य उर्लाबारीबाट हिँडिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ