क्रान्तिकारी ट्रेड युनियनका अध्यक्ष झाक्रीसहित ७ नेता रिहा

क्रान्तिकारी ट्रेड युनियनका अध्यक्ष झाक्रीसहित ७ नेता रिहा

  • सोमवार, जेष्ठ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

७ जेठ,काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाक्रीसहित ७ जना मजदूर नेता रिहा भएका छन् ।

काठमाडौैंको संवाद डबलीमा पत्रकार सम्मेलन सक्ने वितिक्कै गत वैशाख २५ गते गिरफ्तारमा परेकाअध्यक्ष झाक्रीसहित सचिव देव परियार, केन्द्रीय सदस्य, शिब परियार, शिशिर थापासहित सात जना रिहा भएका हुन् ।

सर्वोच्च अदालतको आदेशमा अाज दिउँसो उनीहरु काठमाडौंबाट रिहा भएका हुन् । महासंघको बैशाख १७ र १८ गते पोखरामा राष्ट्रिय सम्मेलन सम्पन्न भएको राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनबाटै उनीहरुलाई प्रहरीले ११ जना मजदूर नेताहरुलाई गिरफ्तार गरेको थियो ।

केहीलाई सोही दिन नै छोडेपनि अध्यक्ष झाक्रीसहितका नेताहरुलाई सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाएको थियो । उनीहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा गिरफ्तार गरिएको थियो ।

सोमबार सर्वोच्च न्यायधीस ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको इजलासले म्याद थप गरी थुनामा राख्नु गैरकानुनी भएको ठहर गर्दै तत्काल रिहाइको आदेश गरेको थियो ।

बन्दीहरुको तर्फबाट बरिष्ठ अधिबक्ता एकराज भन्डारी, कपीलचन्द्र पोख्रेल, अधिवक्ता कान्ती ढुंगानाले बहस गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी