७ जेठ,पोखरा । नेपाली काँग्रेसका नेता रामजी पौडेल ‘बादल’ काे हत्या गर्ने योजना आफ्नै कार्यकर्ताले गरेको पुष्टि भएपछि हंगामा मच्चिएको छ । काँग्रेसका ६ जना कार्यकर्ताहरुले हत्याको योजना बनाएका थिए ।
न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले काँग्रेस कार्यकर्ता राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेसँगै हंगामा मच्चिएको छ । आफ्नै नेताको हत्या गर्न समेत पछि नपर्ने भएपछि काँग्रेसजन निरास भएका छन् ।
बादलको २०७२ साउन २८ मा पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको हत्या भएको थियो ।
यो घटनाले काँग्रेसभित्र हंगामा मच्चिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline