सगरथामाथा आरोहणका क्रममा एक जापानी सहित दुई आरोहीको मृत्यु

सगरथामाथा आरोहणका क्रममा एक जापानी सहित दुई आरोहीको मृत्यु

  • सोमवार, जेष्ठ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

सोलुखुम्बु, ७ जेठ। 

सगरथामाथा आरोहणका क्रममा शिविर ३ पुगेर फर्कने क्रममा एक जापानी नोबुकाजु कुरीकीको मृत्यु भएको छ ।

आइतबार राति समूहका पथप्रदर्शकसँग सम्पर्कविहीन ३६ वर्षीय कुरीकीलाई खोज्ने क्रममा आज बिहान मृतावस्थामा भेटिएको प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिनुभयो । कुरीकी गत चैत २० गते बोचीबोची ट्रेक एक्सपिडिसन कम्पनी लाजिम्पाटमार्फत सगरमाथा आरोहणका लागि उनी लुक्ला आएका थिए । उनीसहित आरोहणका लागि पाँच जनासँगै सगरमाथा आधार शिविर आएका थिए ।

यसैबीच सगरमाथा आरोहणकै क्रममा मेसोडोनियाका बैसठ्ठी वर्षीय जेओर्जी पेटकोभको आइतबार अपराह्न १ः४५ बजे सगरमाथाको शिविर ३ देखि चार सय मिटरमाथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौध जनाको समूहमा गत चैत १३ गते उनी गाइड ट्रेकिङ एजेन्सी विशालनगर काठमाडौँबाट सगरमाथा क्षेत्र आएका थिए । उनको शब आजै हेलिकम्पटरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडाँै लगिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ