सोल, जेठ ७ ।
दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण स्थागित उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन ।
अमेरीका र दक्ष्ीण कोरीको संयुक्त सेन्य अभ्यास रोक्न आग्रह गर्दै उत्तरले गत बुधबार बस्ने भनिएको अन्तिम समयमा आएर एकतर्फीरुपमा स्थागित गरेको थियो ।
त्यसपछि अर्काे बैठककाबारेमा केही निर्णय भएको छैन र आजसम्म सो बैठकको अर्काे मिति पनि तोएिको छैन ।
अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास तत्कालै रोक्न विगतदेखि नै उत्तरले आग्रह गरिरहेको भएपनि अझै जारी रहेको छ ।
दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति–सम्झौता भएको थियो ।
उक्त शान्ति–सम्झौतापछि यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठकहरु बस्दै आएका थिए ।
तर, सोही सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनैपनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि ठप्प भएका छन् ।
यस्तै उक्त सैन्य अभ्यासको अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनीसमेत उत्तर कोरियाले दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ ।
उक्त बैठकअगावै उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीचक बुधबार बैठक हुने भनिएको थियो । तर, सो बैठक उत्तर कोरियाका कारण हुनसकेको छैन ।
उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक शान्ति–सम्झौताको आफूहरुले पालना गरेको तर दक्षिण कोरियाका तर्फबाट भने यसको पालना नभएको उत्तरको भनाइ छ ।