राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ, ग्राण्डीमा उपचार हुँदै

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ, ग्राण्डीमा उपचार हुँदै

  • सोमवार, जेष्ठ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ, जेष्ठ ७ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ हुनु भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ९९ वर्षिय घिमिरेको काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार भईरहेको छ ।

आन्द्रामा आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरेलाई हाइ केयर सीसीयू कक्षमा भर्ना गरिएको उहाँका छोरा राजीव घिमिरेले बताउनुभयो ।

तीन महिनादेखि नै उहाँको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको थियो । अस्पतालका संचार तथा जनसम्पर्क व्यवस्थापक विनोद अधिकारीका अनुसार राष्ट्रकविलाई अहिले ‘हाई केयर युनिट’मा राखेर उपचार गरिँदै छ।

एकसातादेखि उपचाररत राष्ट्रकविको स्वास्थ्यमा सुधार आएको जानकारी दिदै अस्पतालले एकसाता भित्र पूर्ण ठिक नभए थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजानु पर्ने जनाएको छ ।

राष्ट्रकविलाई आफू बिरामी छु भनेर देखाउन मन नलागेकै कारण एक महिनादेखि अस्वस्थ भएर अस्पताल भर्ना भएपनि सो सूचना सार्वजनिक नगरिएको परिवारले जनाएको छ ।

उहाँको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विवेक शर्मा, डा. अखिलेश कश्यप लगायतका डाक्टरहरुको टोली संलग्न रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी