स्काउटहरुको महाकुम्भ तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरी हुने

स्काउटहरुको महाकुम्भ तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरी हुने

  • सोमवार, जेष्ठ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाडौं, ७ जेष्ठ । नेपाल स्काउटको आयोजनामा तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरी हुने भएको छ । जेष्ठ १६ गते देखि २१ गतेसम्म नुवाकोट ककनी स्थित अन्तर्रा्ष्ट्रिय स्काउट केन्द्रमा आयोजना गरिने पत्रकार सम्मेलन गरी नेपाल स्काउटले जानकारी गराएको हो ।
नेपाल स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उत्घाटन हुने सो ज्याम्वोरिमा देशभरिका ५ हजार भन्दाबढी स्काउटहरुको सहभागिता रहने प्रचारप्रसार प्रमुख स्काउट लिडर राजिव खत्रीले जानकारी गराए । उनका अनुसार सार्कमुलुकहरुबाट समेत स्काउटहरुको सहभागिता रहनेछ । स्काउटिङ्ग जगतमा ज्याम्बोरीको छुट्टै मौलिक महत्व रहने गरेको छ । यसमा विश्वव्यापी अनौपचारिक शैक्षिक अभियानका माध्यमबाट साहसिक र बौद्धिक क्रियाकलापहरु गरिने खत्रीले जानकारी गराए ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको २ करोड सहयोग र नेपाल स्काउटको १ करोड आन्तरिक स्रोतबाट ज्याम्बोरी आयोजना गर्न लागिएको नेपाल स्काउट तदर्थ समितिका संयोजक चन्दन कौशिकले जानकारी गराए । उनले भौतिक निर्माण र अन्य तयारी अन्तिम चरणमा पुगेको बताए । ज्याम्बोरीमा सहभागीहरुले आफ्नो मौलिक प्रतिभाको प्रस्फुटन गरी सीप, संस्कृति, कलाकौशलको ज्ञान आदान–प्रदान गर्ने संयोजक कौशिकले जानकारी दिए ।
ज्याम्बोरीमा स्काउटको नियम, प्रतिज्ञा र सिद्धान्तको व्यवहारिक अभ्यास, स्वप्रकृति अध्ययन, मित्रताको विकास, क्याम्प फायर, साहसिक क्रियाकलाप, हस्तकला सिप प्रदर्शन, भेषभुषा तथा संस्कृति प्रदर्शन लगायतका गतिविधीहरु सञ्चालन हुने छ । त्यसैगरी प्रकृतिक अध्ययन अन्तर्गत बनस्पति, बोटविरुवा, चराचुरुङ्गी, जीव जन्तु, फलफूल जस्ता विषयहरु रहेका छन् ।
कार्यक्रम सम्पन्न गर्न २० वटा उपसमिती गठन गरिएको पत्रकार सम्मेलनमा बताईएको छ ।
वि.सं. २००९ मा स्थापना भएको नेपाल स्काउटले यसअघि २०४३ सालमा प्रथम स्काउट ज्याम्बोरी काठमाडौं स्थित कीर्तिपुरमा गरे यता लामो समयपछि दोस्रो राष्ट्रिय ज्याम्बोरी २०६९ मा चितवनको टिकौलीमा सम्पन्न गरेको थियो ।
हाल देशको ६५ जिल्लामा ६० हजार स्काउट सदस्यहरु सकृय रुपमा स्वयंसेवीको रुपमा क्रियाशील छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ