जिल्ला सेक्रेटरी सहितका नेताहरु रिहा, योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष राई अदालत परिसरबाटै पक्राउ

जिल्ला सेक्रेटरी सहितका नेताहरु रिहा, योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष राई अदालत परिसरबाटै पक्राउ

  • सोमवार, जेष्ठ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, ७ जेठ ।

गत बैशाख १३ गते पक्राउ गरिएका नेकपा निकट योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राईलाई प्रहरीले पुनः अदालत परिसरबाटै पक्राउ गरेको छ । पक्राउ पश्चात राईलाई मोरङ लगिएको छ ।

यसअघि विनाकाकारण आफ्ना नेताकार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपाले रिहाईको माग सहित नेपालबन्दको कार्यक्रम समेत गरेको थियो । साथै सम्बन्धीत संगठनहरुका अघिकारीले समेत पक्राउको विरोध र रिहाईको माग गर्दै विज्ञप्ती जारी गरेका थिए ।

यसैबिच, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्यायलाई हिजो साझ रिहा गरिएको छ । उपाध्यायसँगै नेकपा ललितपुरका सचिव विपिन घिमिरे, सरलबाबु कुवर र विकास महर्जन पनि रिहा भएका छन् । पक्राउ गरिएकाहरुलाई प्रहरीले बम विस्फोटक पदार्थ तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो ।

आइतबार ललितपुर जिल्ला अदालतमा भएको बहसपछि न्यायधिश जगतनारायण प्रधानको इजलासले रिहाको आदेश गरेको हो ।

बन्दीहरुका तर्फबाट बरिष्ठ अधिबक्ताहरु एकराज भण्डारी, विश्वप्रकास भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोख्रेल, डा. पुण्यप्रसाद खतिवडा, खेमानन्द अधिकारी, कान्ति ढुंगाना र नारायण तिवारीले बहस गरेका थिए । संगठनको काममा लागिरहेको बेला प्रहरीले उनीहरुलाई काठमाडौं र ललितपुरबाट पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ