दमक, ६ जेठ ।
झापाको दमक नगरपालिका वडा नम्बर ७ वडाध्यक्ष भीम पौड्यालको घर नजिक बम विस्फोट भएको बताइएको छ। विस्फोटमा परी बाटो हिँड्दै गरेका दुई घाइते छन्।
घाइते हुनेमा दमक ८ का तिलोचन पोखरेल र प्रेम कुमारी राई रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।
उनीहरू श्रीमान श्रीमती हुन्। उनीहरू को अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।
घटनाको बिबरण आउन बांकी छ । तर, दमकको ससुकुम्बासी बस्ती हटाउन मुख्य भुमिका खेलेको आरोप लागिरहेको बेला पौडेलको घरमा विस्फोट हुनुले यो सुकुम्बासिले प्रतिरोध गरेको हुन सक्ने अनुमान गरिएको छ । विस्फोट स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ।
आइतबार साँझ बम विस्फोट भएको प्रहरीले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline