ओली र प्रचण्डलार्इ नेकपाका अध्यक्ष कट्टेलकाे चेतावनी, नाम फिर्ता नलिए संघर्ष गर्ने (विज्ञेप्तीसहित)

ओली र प्रचण्डलार्इ नेकपाका अध्यक्ष कट्टेलकाे चेतावनी, नाम फिर्ता नलिए संघर्ष गर्ने (विज्ञेप्तीसहित)

  • आइतवार, जेष्ठ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडाैं, ६ जेठ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले  पूर्व एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै आपत्ति जनाएका छन् ।

उनले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचनदेखि  निर्वाचन आयोगमा विधिवत दर्ता भएको दल भएको स्पष्ट पारेका छन् ।

पछिल्लो पटक निर्वाचन आयोगकले मिति २०७४। ५। २२को निर्णय अनुसार संविधानको धारा २७१ र  राजनीतिक दल सम्वन्धि ऐन २०७३ को दफा ४८ अनुसार नेपाल कम्युनिष्ट पार्टी दर्ता गरी निर्वाचन चिन्ह घनकोदालो प्रदान गरेको गरेको भन्दै ऐन अनुसार आफ्नो पार्टीसँग मिल्ने दल दर्ता गर्न नपाइने भएपनि चोर बाटो प्रयोग गरेर दल दर्ता गर्न खोजिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले  ऐनलाई छल्न पार्टीको नाम मुनी धर्सो तानेर निवेदन दर्ता गराएको कुरा वाहिर आएको भन्दै सत्य तथ्य निर्वाचन आयोगले छिटै सार्वजनिक गर्ने पनि अपेक्षा गरेका छन् ।

कट्टेलले  प्रष्ट कानुनी व्यबस्था हुँदाहुँदै सपनि रकारमा रहेका दलहरुले गैह्रकानुनी कृयाकलाप गरेको भन्दै संवैधानिक दायरा भित्रैवाट आफ्नो संघर्ष अगाडि बढाउने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ