काठमाडौं, जेठ ६ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवा समुदायलाई कृषि क्षेत्रमा आकर्षण गर्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताउनु भएको छ ।
राजधानीमा आज सुरु भएको युवा कृषि सम्मेलनलाई सम्वोधन गर्दै युवा तथा खेलकुद मन्त्री विश्वकर्माले अव निराश नहुन र आफ्नै माटोमा पसिना वगाउन युवा समुदायलाई आग्रह गर्नुभएको हो ।
उहाले राष्ट्रलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सरकार गम्भीर भएर लागेको बताउनु भयो । मन्त्री विश्वकर्माले प्रसस्त सम्भावना हुँदाहुँदै पनि माटोसँग जोडिन नचाहने प्रवृत्ति हावी रहेको भन्दै अब पुरातन प्रवृत्तिबाट हटेर नयाँ प्रवृत्तिमा कृषि उत्पादन हुनुपर्नेमा जोड दिनुभएको छ ।
सम्मेलनमा सहभागी कृषि विशेपज्ञहरुले समयानुकुल कृषि नीति र नयाँ प्रविधिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline