अन्ततः मुख्यमन्त्रीले दिए राजीनामा

अन्ततः मुख्यमन्त्रीले दिए राजीनामा

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

५ जेठ,काठमाडौं । सरकारको लागि आवश्यक मत जुटाउन नसक्दा कर्नाटकका मुख्यमन्त्री बीएस यदुरप्पाले राजीनामा दिन बाध्य भएका छन् । सपथ लिएको भोलिपल्ट अर्थात आज नै बीएसले राजीनामा दिएका छन् ।

कर्नाटककामा भएको विधान सभामा भारतीय जनता पार्टी ठूलो दल भएपनि सरकार बनाउन आवश्यक सिट जित्न सकेको थिएन ।

ज्यपालले ठूलो दल भएको कारण भाजपालाई सरकार बनाउन आह्वान गरेका थिए । आज भाजपाले बहुमत पुष्टि गर्नुपर्ने थियो । उसले बहुमत पुर्याउन नसकेपछि अब काँग्रेस र जेडीएस मिलेर सरकार बनाउने भएका छन् ।

तेस्रो दल जेडीएसका सांसदलाई प्रभावमा पार्न सक्ने भन्दै काँग्रेसले शहरभन्दा टाढा लगेर लुकाएर राखेको भारतीय संचारमाध्यमहरुले बताएका छन. । तेस्रो दल जेडीएसका नेता कुमाराश्वामी मुख्यमन्त्री बन्नेछन् । कांग्रेसले उनलाई समर्थन गर्ने बताइसकेको छ ।

नेपाल भ्रमण आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट कर्नाटकको अन्तिम चुनावी प्रचार गरेका थिए । धार्मिक अन्धभक्त मोदीले जनकपुर, मुक्तिनाथ र पशुपतिमा चुनावमा सफलताको लागि प्रार्थना गरेका थिए । चुनावी परिणाम पहिले भन्दा निकै राम्र भएपनि सरकार बनाउन आवश्यक बहुमत भने पुगेको थिएन ।

भाजपाका नेताहरुले काँग्रेसले अपहरणशैलीमा सांसदहरुलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।

कर्नाटकमा बीजेपीको फैसला आजः यी हुन् रहस्यमयी तरिकाले सत्ता पल्टिएका भारतीय राजनीतिका ५ घटना

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ