एजेन्सी, जेठ ५ ।
भारतको गुजरात राज्यमा आज भएको सडक दुर्घटनामा परी १९ व्यक्तिको मृत्यु भएको छ ।
भावननगर–अहमदावाद राजमार्गमा भएको सो दुर्घटनामा सिमेन्टका बोराले भरिएको एक ट्रकमा बसेर गएका १९ मजदुरको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।
दुर्घटनामा परी १८ जनाको घटनास्थलमा नै र अन्य एक घाइतेको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा परी मृत्यु भएका सबै मजदुरी कामका लागि भारतको आनन्द जिल्लामा पर्ने कार्यस्थलतर्फ गइरहेको बताईएको छ ।
चालक निदाएर सडकमा ट्रकको पांग्रा चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी अधिकारीले बताएका छन ।
घटनाका बारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिइसकिएको उनले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline