मन्त्री पण्डित भन्छन्, कर्मचारी कामचोर छन्, त्यस्तालाई अब कार्वाहि हुन्छ

मन्त्री पण्डित भन्छन्, कर्मचारी कामचोर छन्, त्यस्तालाई अब कार्वाहि हुन्छ

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

स्याङ्जा, जेष्ठ ५ ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खटाइएको ठाउँमा नजाने र कार्यसम्पादनमा अनियमितता गर्ने कर्मचारीलाई बिदा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने चेतावनी दिनुभएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा आज आयोजित जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँगको भेटमा उहाले वर्तमान सरकार ५ वर्षसम्मको स्थायी भएकाले पुनः नौ महिनामा अर्को सरकार आउँछ र फाइदा लिउँला भन्ने मानसिकता हटाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सरकारको तलब खाएर कामचोर प्रवृत्ति नदेखाउन पनि कर्मचारीलाई उहाले आग्रह गर्नुभएको छ । डिउटीको बेला ट्रेड युनियन भनेर नहिँड्नसमेत उहाले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दा आइपर्ने समस्याबारे नडराई काम गर्न र सीधैं आफूलाई फोन गरेर जानकारी गराउन पनि उहाले आग्रह गर्नुभएको छ ।

संघीयता र संविधानको सफलता र असफलता भन्ने जिम्मेवारी कर्मचारीसँग जोडिको भन्दै उहाले ‘जनप्रतिनिधिले नेतृत्व गरेकाले कर्मचारीलाई साथमा नलिइ राजनीतिक काम गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा अधिकांश जनप्रतिनिधिको प्रश्न कर्मचारी अभाव र नीति नियमको स्पष्ट खाका प्राप्त गर्न नसकेकोमा केन्द्रित थियो । मन्त्री पण्डितले उपत्यकाका ५ हजार कर्मचारीको दरबन्दी कटौती गरिएको र १० हजार कर्मचारी स्थानीय तहमा ल्याउने तयारी गरिएकाले असारबाट कर्मचारी अभावको समस्या आउन नदिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ