काठमाडौं, ५ जेठ ।
दमक ७ स्थित हाटखोला सुनचांदी लाइनमा बसोबास गर्ने २२ ओटा घरमा आज दमक नगरपालिकाले डोजर लगाएर भत्काइदिएको छ ।
संयौको संख्यामा ससस्त्र प्रहरी, जनपद प्रहरी र सबै वार्डका वार्ड अध्यक्ष नगरपालिकाका मेयर रोमनाथ ओलि र केही स्थानिय जग्गा दलालहरुहरुको उपस्थितिमा एकाबिहानै देखि डोजर लगाएर भत्काइएको हो ।
दमकको मुख्य बजारको इतिंहासकाल देखिनै हाटखोलाको नाममा अवस्थित उक्त स्थान ५० औं बर्स अघि देखि मासु काट्ने, सुर्ती बेच्ने, किसानहरुले निर्माण गरेको घरेलु बस्तुहरुको बेचबिखन गर्ने ,बजार भर्न आउनेहरुले घरेलु जांड रक्सीसमेत खाने बजारको रुपमा रहेको ईतिहास छ ।
मधुमल्ला, उर्लाबारी दमक यतापटिका ठुलाबजार हुँदा समेत हाटखोला रहेको भन्दै स्थानीयले नगरपालिका यसरी भत्काइदिनु सरासर अन्याय भएको भन्दै बिरोध गरेका छन् ।
हाटखोलाको इतिहास नबुझ्ने र पछि आएर उक्त ठाउँमा बसोबास गरेकाहरुको उक्साहटमा उक्त स्थानमा डोजर चलाएको उनीहरुको भनाई छ ।
पछिल्लो समय खोला किनारमा आएर बसोबास गरेकाहरु खोलाले कटान सुरु गरेपछि बजारतीर सरेको र उक्त क्षेत्रका भुमाफियाहरुले किर्ते गरेर नगरपालिकाबाट आफ्नो नाममा जग्गा दर्ता गरि लाल पुर्जा लिएको उनीहरुले जनाएका छन् ।
तर उक्त जग्गाको पुरानो तिरो त्यांहा बस्नेहरुले तिरेको स्थानियहरु बतांउछन । नगरपालिकाले किर्ते गरेर पुर्जा निकालेको उनिहरु बताउछन् ।
हाल प्रधानमन्त्री केपि ओलिका स्वकिय सचिब युवराज दाहाल दमक नगरपालिकाको कार्यकारी अधिकृत भएकाबेला दाहाल र अन्य स्थानिय नेताहरुको कोठे सहमतिमा नगरपालिकाले जग्गा अधिग्रहण गर्ने सहमती गरेका थिए । तर स्थानीयको प्रतिरोधको कारण त्यतिबेला सफल हुन सकेको थिएन ।
पछि स्थानिय निकायको निर्वाचन लगत्तै निर्वा्चित मेयर रोमनाथ ओलि र उक्त बस्ती पर्ने वार्डका वार्ड अध्यक्ष भिम पौडेलले भत्काउनको लागि पहल सुरु गरेका थिए ।
तर स्थानीयकै प्रतिरोध भएको कारण सम्भब भएको थिएन । स्थान्ीयको प्रतिरोध आन्दोलनलाई साथ दिदै बिप्लब नेतृत्वको नेकपाले सुकुम्बासीहरुको बसोबास र रोजगारिको ग्यारेन्टी गरेर मात्र अघि बढ्न चेतावनी दिएको थियो ।
त्यसपछी केही समय रोकिएपनि पुन नगरपालिका ले ७ दिने घर खाली गर्ने सुचना प्रकाशित गरेपछि जनपरिसद झापाका प्रमुख सुमनसिंह पौडेलले कडा चेतावनी दिएर सचेत गराउनुभएको थियो ।
हाटबजारमा बसोबास गर्नेहरुले प्रतिरोध गर्ने र त्यसमा नेकपाको साथ भएपछी नगरपालिका पछि हटेको थियो । तर आज एक्कासी बिहानै डोजर र प्रहरि परिचालन गरि त्यांहा बसोबास गर्नेहरुलाइ कोठा भित्रै थुनेर , अमानबिय तवरले घर भत्काएर सुकुम्बासिहरुको रुवाबासी मच्चाएको छ ।
यसैबीच नेकपा झापाका सेक्रेटरी सौगात आचार्यले सुकुम्बासिको घर भत्काउनेहरुलाइ कुनै हालतमा नछोड्ने बताउनु भएको छ । त्यस्तै जनपरिषद झापाले स्थानिय जनप्रतिनिधिहरुको नाममा व्यापक दलाली भएको र दलालहरु गरिब सुकुम्बासीहरुको उठिबास गर्न लागेको हुनाले अबको संघर्ष जनप्रतिनिधि नामका दलालहरुको बिरुद्ध बताएको छ ।
जनपरिसद झापाका प्रमुख सुमन सिंह पौडेलले अब गरिब सुकुम्बासी र धनी दलालहरु बिच लंडाइ हुने कुरा स्पस्ट भएको बताउनुभएको छ ।