एजेन्सी, ५ जेठ ।
कर्नाटक बिधानसभामा सरकार बनाउनका लागि शनिबार बेलुका ४ बजेसम्म बहुमत सिद्ध गर्न भारतको सर्वोच्च अदालतले आदेश दिएको छ ।
कर्नाटक विधानसभा चुनावको नतिजा आएसँगै सबैभन्दा ठूलो पार्टी भारतीय जनता पार्टी(बीजेपी) का नेता बीएस येदियुरप्पाले मुख्यमन्त्रीको सपथ लिइसकेका छन् । १६ मईमा आएको चुनावि नतिजा अनुसार बीजेपीको कुल २२२ सीट मध्ये चुनावमा १०४ सीट मिलेको थियो ।
राज्यपाल वजूभाई वालाले सबैभन्दा ठूलो पार्टीलाई सरकार बनाउने निम्ता दिएका थिए । तर कांग्रेस र जनता दल सेक्युलर(जेडीएस) आफूहरुसँग सरकार बनाउनका लागि बहुमत सदस्य भएको भन्दै सर्वोच्चको ढोकामा पुगेको थियो ।
भारतीय राजनीतिमा योभन्दा पहिले पनि सदनमा बहुमत सिद्ध गर्न नसकेर धेरै सत्ता उल्टिएका छन् ।
घटना १
सन् १९७९ मा देशमा संकटकाल लगाएको दुई वर्षपछि पनि विरोध बढ्दै गएको देखेर प्रधानमन्त्री इन्दिरा गान्धीले लोकसभा भंग गर्दै फेरि चुनाव गर्न सिफारिस गरिन् । संकटकाल घोषणा गरेको परिणाम स्वरुप काग्रेसले मत पाएन र ३० वर्षपछि केन्द्रमा गैर कांग्रेसी सरकार बन्न पुग्यो ।
जनता पार्टी भारी बहुमतसहित सत्तामा आयो र मोरारजी देसाई प्रधानमन्त्री बने । चरण सिंह उपप्रधानमन्त्री तथा गृहमन्त्री बने ।
पार्टी्भित्रको आन्तरिक कलहकै कारण कारया मोरारजी देसाईको सरकार ढलेर कांग्रेस तथा सीपाईको समर्थनमा चरण सिंहले जुलाई २८, १९७९ मा प्रधानमन्त्रीको सपथ लिए ।
तत्कालीन राष्ट्रपति नीलम संजीव रेड्डीले उनलाई बहुमत सावित गर्न २० अगस्टसम्मको समय दिए । तर एक दिन पहिले अर्थात १९ अगस्टमै इन्दिरा गान्धीले आफ्नो समर्थन फिर्ता लिइन् । त्यसैले फ्लोर टेस्टबिना नै सिंहले राजीनामा दिए ।
घटना २
सन् १९८९ पनि भारतीय राजनीतिमा खास रह्यो । सन् १९८८ मा जयप्रकाश नारायणको जन्मदिन पारेर अक्टोबर ११ मा जनमोर्चा, जनता पार्टी, लोकदल तथा कांग्रेस(एस) विलय हुँदै नयाँ पार्टी जनता दल गठन भयो । वीपी सिंहलाई जनता दलको अध्यक्ष चयन गरियो । उनको नेतृत्वमा थुप्रै क्षेत्रीय दलहरु एकै ठाउँमा आए । त्यसपछि नेसनल फ्रन्टको गठन भयो । सन् १९८९ मा चुनाव भयो ।
नेसनल फ्रन्टलाई सफलता त प्राप्त भयो तर त्यो सफलता सरकार बनाउन भने प्राप्त भएन । फ्रन्टले बीजेपी तथा वाम दलहरुको बाहिरबाट समर्थन लिएरै भए पनि सरकार बनायो । वीपी सिंह प्रधानमन्त्री बने ।
एक वर्ष मात्रै भएको बीजेपीले रथयात्रा सुरु गरेको । कैयौँ राज्य हुँदै रथ बिहार पुग्यो । बिहारमा जनता दलको सरकार थियो । मुख्यमन्त्री थिए लालुप्रसाद यादव ।
उनले लालकृष्ण आडवाणीको रथको गतिमा ब्रेक लगाइदिए । उनलाई गिरफ्तार पनि गरियो । त्यसपछि के ? बीजेपीले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लियो । सरकार ढल्यो ।
-घटना ३
भारतीय राजनीतिको इतिहासमा सन् १९९० पनि महत्वपूर्ण छ । वीपी सिंहको राजीनामापछि जनता दलका नेता चन्द्रशेखरले समर्थकसहित पार्टी छोडे । उनले नयाँ पार्टी समाजवादी जनता पार्टी गठन गरे ।
चुनावमा उनको पार्टीले ६४ सिटमा जित हात पार्यो । संसदको फ्लोर टेस्टमा कांग्रेसले उनलाई समर्थन गर्यो । उनी प्रधानमन्त्री बने । सात महिनापछि यस्तो परिस्थिति आयो कि चन्द्रशेखरले राजीनामा दिनुपर्यो । २ मार्च, १९९१ मा हरियाणा पुलिसका दुई जवान प्रेम सिंह र राज सिंह राजीव गान्धी निवास बाहिरबाट जासूसी गरेको आरोपमा पक्राउ परे ।
दुवै प्रहरी सादा पोशाकमा थिए । पक्राउ परेपछि उनीहरुले आफूहरुलाई सूचना संकलनका लागि पठाइएको स्वीकार गरे । यो विषयले भारतीय राजनीतिमा भुइँचालो नै आयो । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो । संसदमा फ्लोर टेस्ट हुने निश्चित भयो । तर त्योभन्दा पहिले नै प्रधानमन्त्री पदबाट चन्द्रशेखरले राजीनामा दिए ।
घटना ४
उत्तर प्रदेशमा सन् १९९२ मा मुलायम सिंह यादवले समाजवादी जनता पार्टीबाट अलग भै समाजवादी पार्टी गठन गरेका थिए । एक वर्षपछि उत्तर प्रदेशमा विवादित ढाँचा ध्यवस्त गराइयो । राज्यको सत्तारुढ दल कल्याण सिंहको सरकारलाई यो घटनापछि बर्खास्त गरियो । त्यसपछि चुनावको घोषणा भयो ।
समाजवादी पाटी तथा मायावती नेतृत्वको बहुजन समाजवादी पार्टीको गठबन्धन भयो । दुजै दल मिलेर सरकार बनाउने जनमत पनि प्राप्त गरे । तर यो गठबन्धनले ५ वर्षको कार्यकाल पूरा गरेन ।
बहुजन समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो । उत्तर प्रदेश विधानसभामा फ्लोर टेस्ट भयो । बीजेपीको समर्थनामन मायावती मुख्यमन्त्री बनिन् । समाजवादी पार्टी सत्ताबाट बाहिरिन बाध्य भयो ।
घटना ५
सन् १९९८ मा भारतमा लोकसभा चुनावमा कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । अन्नाद्रमुक पार्टीको सहयोगमा राष्ट्रिय जनतान्त्रिक गठबन्धनले केन्द्रमा सरकार बनायो ।
१३ महिनापछि अन्नाद्रमुकले सरकारलाई दिएको समर्थन फिर्ता लियो । सरकार अल्पमतमा पर्यो । विपक्षीको मागअनुसार राष्ट्रपतिले सरकारलाई सदनमा बहुमत सावित गर्न निर्देशन दिए । संसदमा फ्लोर टेस्ट भयो । अटल बिहारी बाजपेयीको सरकार एक भोटले ढल्यो । कसैले पनि कल्पना गरेको थिएन कि अटलको सरकार ढल्नेछ ।
अटललाई हराउने त्यो खास एक भोट थियो । ओडिशाका तत्कालीन मुख्यमन्त्री गिरधर गमांगको । गमांग त्यसबेला ओडिशाका मुख्यमन्त्री र सांसद थिए । उनी फ्लोर टेस्टमा भोट हाल्नकै लागि दिल्ली आएका थिए ।