क्युबामा विमान दुर्घटना, १ सय जनाभन्दा बढीको मृत्यु

क्युबामा विमान दुर्घटना, १ सय जनाभन्दा बढीको मृत्यु

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी ५ जेठ ।
क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्रा्ष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार उड्ने वित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो । विमानमा चालक दलका सदस्यसहित १ सय १० जना बोकेर उडेको विमान विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो भने पछि आगो लागेको बताइएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनाको उद्दार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । क्युबाको होलुगुइन शहरका लागि उडेको बोइङ ७३७ विमानमा रहेका अधिकांश यात्रु क्युबाकै नागरिक हुन् ।

यात्रु मध्ये पाँच जना भने विदेशी रहेको अधिकारीहरुले जनाएका छन् । चालक दलका ६ सदस्य भने मेक्सिकोका भएको बताइएको छ । क्युबाको एयरलाइन्सले दुर्घटनामा परेको विमान मेक्सिकोको कम्पनीसँग भाडामा लिएर सञ्चालन गरिरहेको थियो ।

क्यूबाली राष्ट्रपति मिगेल डियाज दुर्घटनास्थल पुगेर दुर्घटनाको छानबिन गर्न आदेश दिएका छन् । उनले दुर्घटनामा ज्यान गुमाउनेहरुको परिवारप्रति दुःख व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ