सुन तस्करी र शाक्य हत्या प्रकरणः तथ्य सहित प्रत्युत्तर बहस नगरे अधिकांश अभियुक्त तारेख वा धरौटीमा मुक्त हुन सक्ने

सुन तस्करी र शाक्य हत्या प्रकरणः तथ्य सहित प्रत्युत्तर बहस नगरे अधिकांश अभियुक्त तारेख वा धरौटीमा मुक्त हुन सक्ने

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ ५ जेठ ।
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले प्रत्युत्तर बहसको तयारी गरेका छन् । प्रतिरक्षा बहसपछि सरकारी वकिलहरुले प्रत्युत्तर बहस गर्ने र न्यायाधीशबाट थुनछेकको आदेश हुने अदालत स्रोतले जनाएको छ ।

प्रतिवादीका वकिलहरुले आफ्ना अधिकांश दाबी खण्डन गरेपछि यसको प्रत्युत्तरमा थप बहस गर्ने तयारीमा सरकारी वकिल लागेका हुन् । प्रतिवादीको दाबी र खण्डनको जवाफ दिन ‘विशेषज्ञ वकिल’ को सहयोग लिने गरी तयारी भइरहेको छ ।

सरकार पक्षको तर्क र प्रमाणहरुको प्रतिवादीबाट खण्डन भएपछि त्यसलाई पुष्टि गर्ने खालका तथ्य सहित प्रत्युत्तर बहस नगरे अधिकांश अभियुक्त तारेख वा धरौटीमा मुक्त हुन सक्ने भएकाले प्रत्युत्तर बहसको तयारी गरिएको स्रोतको दावी छ ।

सरकारतर्फबाट प्रत्युक्तर बहसका लागि उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरन्जीवी पराजुली, जिल्ला अदालतका न्यायाधिवक्ता पुन्यप्रसाद पाठक, सहायक न्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्तीले प्रत्युक्तर बहसको तयारी सुरु गर्नुभएको हो ।

प्रतिवादीको तर्कलाई खण्डन गर्ने र उपलब्ध प्रमाणका साथै सम्भावित अन्य प्रमाणबारे उनीहरुबीच छलफल भइरहेको छ । प्रतिबादिका तर्फबाट अझै १० जना कानुन ब्यवसायीले बहस गर्न बाँकी छ ।

सुन तस्करी र शाक्य हत्या प्रकरणमा प्रहरीले गत बैशाख १९ गते १७ अर्ब १ करोड ८० लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दाका ६३ अभियुक्तमध्ये मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) सहित ३३ जना अझै फरार छन् ।

उनीहरुविरुद्ध ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ