बागमति सफाइ अभियानको ५ वर्ष पूरा, यस्तो छ अहिलेसम्मको उपलब्धी

बागमति सफाइ अभियानको ५ वर्ष पूरा, यस्तो छ अहिलेसम्मको उपलब्धी

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ ५ जेठ ।
बाग्मती सफाई महाअभियान आज ५ वर्ष पूरा गरेको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु भएको अभियानका क्रममा आजसहित बाग्मती सफाईका लागि २ सय ६२ औं हप्ताको अभियान भएको छ ।

५ वर्षको अवधिमा सुन्दरीजलदेखि चोभारसम्मको बाग्मती नदीमा २ पटक सफाई गरिसकिएको छ । यस्तै अहिलेसम्म १८ हजार मेट्रिकटन फोहोर व्यवस्थापन गरिएको छ । सफाई अभियानमा १५ सय भन्दा बढी संस्थाको सहभागिता छ ।

५ वर्षको अवाधिमा मानिसहरुमा सफाई गर्नपर्छ भन्ने धारणाको विकास भएको अभियन्ताहरु आवी गर्छन् । काठमाण्डूमा सुरु भएको बाग्मती सफाई अभियानको सिको गर्दै देशका अन्य नदी तथा शहरको सफाई पनि सुरु भएको छ ।

अभियानले ५ वर्ष पूरा गरेको अवसरमा आज बेलुकी दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा पूर्व प्रधानन्यायाधीस, खानेपानी मन्त्री विना मगर लगायतको उपस्थिति रहने बाग्मती सफाई अभियन्ता राजकुमार भट्टराईले जानकारी दिनुभयो ।

बाग्मती सफाई महाअभियानको २ सय ६२ औँ सातामा आज शंखमुल दोभान आसपासका क्षेत्रमा सरसफाई भइरहेको छ । सफाईमा झण्डै ४ सय भन्दा बढिको सहभागिता रहेको अभियन्ता रामशरण कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ