काठमाडौं , ४ जेठ ।
विभागीय मन्त्री रघुबी महासेठले यातायात व्यवसायीकाे मिलेमताेमा यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको लागि गृहमन्त्रीको साथ लिएर काम गरेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाइ विभागबाट हटाइएका छन् । भट्टराईलाई शुक्रबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालय तानिएकाेबारे दिइएको छ।
सिन्डिकेट हटाउनको लागि महत्वपूर्ण कदम चालेका भट्टराईलाई यातायात व्यवसायीले सवत्र आलोचोना गरिरहेका बेला बुधबार राती नै मन्त्रीस्तरिय निर्णयबाट विभागबाट हटाउने निर्णय गरिएको थियो। श्रोतका अनुसार विभागीय मन्त्री महासेठसँग यातायात व्यवसायीले सरूवा गरिदिनको लागि आग्रह गर्दै आएका थिए।
विभागमा भट्टराई आएपछि यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधनसहित अन्य नौ नयाँ कार्यविधि ल्याइ यातायात क्षेत्रको सुधारमा लागेका थिए। सिन्डिकेट अन्त्यका लागि संस्था दर्ता ऐन अन्तर्गत दर्ता भएका यातायात समिति आगामी आर्थिक वर्षदेखि नवीकरण तथा नयाँ दर्ता नगर्ने निर्णय भइसकेको छ। तर यही निर्णय तथा एन माथि पनि चलखेल गर्न सकिने भन्दै मन्त्री महासेठले मन्त्रालय तानेको स्रोतले बताएको छ।
भट्टराई विभागमा पुगेसँगै धेरै राम्रो काम गरेकाे तर मन्त्रीले भने उहाँलाई मन पराएका थिएन मन्त्रालयका एक अधिकारीले भने यातायात व्यवसायीको आग्रह अनुसारनै उहाँको सरूवा भएको देखिन्छ। भटराईले विभागीय मन्त्रीको साथ नपाएपछि गृहमन्त्री रामबहादुर थापालाई साथमा लिएर काम गरेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।