मुलुकका खनिज तथा फलामजन्य खानीको पहिचान गरी उत्खनन गर्ने कार्य सरकारकाे प्राथमिकता

मुलुकका खनिज तथा फलामजन्य खानीको पहिचान गरी उत्खनन गर्ने कार्य सरकारकाे प्राथमिकता

  • शुक्रबार, जेष्ठ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 

काठमाडौँ, ४ जेठ ।

अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताउनुभएको छ ।
स्टिलमिन्ट नामक भारतीय कम्पनीले आयोजना गरेको दुई दिवशीय प्रदर्शनी तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले मुलुकमा भएका खनिज तथा फलामजन्य खानीको पहिचान गरी उत्खनन गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भयाे ।

अर्थमन्त्री खतिवडाले यस किसिमका उद्योगमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरी गुणस्तरीय उत्पादन गर्न सकेमा देशको अर्थतन्त्र बलियो हुने बताउनुभयो ।

उद्योगी प्रदीपकुमार श्रेष्ठले देशको भौतिक पूर्वाधार निर्माणका लागि छड उद्योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने भएकाले त्यस्ता उद्योगीलाई सरकारले बैंकिङ सुविधामा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकमा निर्माणजन्य कार्यमा प्रयोग हुने छड वार्षिक रुपमा रु एक खर्ब २० अर्बको कारोवार हुने गरेको छ । छडको करीब ९० प्रतिशत कच्चा पदार्थ भारत तथा १० प्रतिशत चीनबाट आयात हुने गरेको जानकारी दिइयो ।
नेपालमा उत्पादन भएका छड करीब दुई दशक अगाडिसम्म चीन स्वशासित क्षेत्र तिब्बतमा केही प्रतिशत निर्यात हुने गरेको भए पनि अहिले यसको खपत स्वदेशमा मात्र हुने गरेको छ ।
प्रदर्शनीमा नेपाल र भारतका गरी करीब ५० छड उद्योगका प्रतिनिधिको सहभागिता रहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी