केपी प्रचण्ड नेतृत्वकाे नेकपाको कार्यदिशाको अक्षरशः पालना गर्न वाइसिएलको निर्देशन

केपी प्रचण्ड नेतृत्वकाे नेकपाको कार्यदिशाको अक्षरशः पालना गर्न वाइसिएलको निर्देशन

  • शुक्रबार, जेष्ठ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ४ जेठ । योङ कम्युनिष्ट लिग (वाइसिएल) ले केपी प्रचण्ड नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीको समाजवादउन्मुख जनताको जनवादको कार्यदिशालाई अक्षरशः कार्यान्वयन गर्न मातहतका सबै समितिलाई निर्देशन दिएको छ । 

बिहीबार नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच पार्टी एकता भई नेकपा निर्माण भएको सन्दर्भमा मातहतका सबै समितिले पार्टी एकताको भावअनुसार नै गर्न गराउनसमेत आग्रह गरेको छ ।

वाइसिएलको आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको प्रक्रियालाई स्वागत गर्दै मातहतका सबै समितिलाई एकीकृत गर्ने अभियानमा लाग्ने निर्णय गरेको हो ।

बैठकपछि वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “पार्टी एकता प्रक्रियालाई सार्थक बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेतृत्वबाट भएको सकारात्मक पहलप्रति धन्यवाद ज्ञापन गर्दछौँ । एकताको भावलाई स्थानीय तहसम्म लैजान र जनतामा सम्प्रेषित गर्न आग्रह गर्दछौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ