अफगानिस्तानमा ११ जना तालिबान मारिए

अफगानिस्तानमा ११ जना तालिबान मारिए

  • शुक्रबार, जेष्ठ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

अफगानिस्तान, ४ जेठ ।
अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा सुरक्षाबल र तालिवानबीच भएको झडपमा परी ११ जनाको मृत्यु भएको छ ।
मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुमाथि तालिवान लडाकुहरुले बम हानेका थिए ।
अफगानिस्तानको गृहमन्त्रालयले आज विज्ञप्ति निकालेर झडपमा परी अरु १४ जना घाइते भएका पनि जनाएको छ ।
अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरको अन्त्यमा नेटो सेनाका प्रायः सेना अफगान युद्ध सकिएको घोषणा गर्दै त्यहाँबाट फर्किएकापछि अफगान सुरक्षाबल माथिको आक्रमण बढ्नुको साथै हताहत पनि बढेको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
उता अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले गत आज पनि हवाई आक्रमणमा जारी राखेको जनाएको छ । त्यस आक्रमणमा परी केही लडाकू मारिएको अनुमान गरिएको छ ।
केही दिनयता अफगानिस्तानमा हिंसा बढेको छ । तालिवानहरुले आत्मघाती हमलाका घटनामा वृद्धि गरेका छन् भने सेनाले पनि कारबाहीलाई जारी राखेको छ । हालैमात्र काबुलमा भएको आक्रमणमा परी नौ जना पत्रकार मारिएका थिए । उक्त घटनाको विश्वव्यपीरुपमा निन्दा गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ