काश्मिर सीमा क्षेत्रमा झडप जारी, एक जना भारतीय सैनिककाे मृत्यु

काश्मिर सीमा क्षेत्रमा झडप जारी, एक जना भारतीय सैनिककाे मृत्यु

  • शुक्रबार, जेष्ठ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

नयाँ दिल्ली, ४ जेठ। काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको झडपमा परी एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको छ ।

अाज बिहान १ बजेतिर पाकिस्तानी सेनाले गोली प्रहार गरेको र यसमा एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा झडप अहिले पनि जारी रहेको बताइएको छ । त्यसमा परी अरु दुइजना सर्वसाधारण नागरिक घाइते भएकाे पनि भारतीय सन्चार माध्यमले जनाएका छन्र।

काश्मिरको अन्तर्राष्ट्रिय सीमा क्षेत्र (आइबी)मा भारत र पाकिस्तानको सीमा सुरक्षा गार्डबीच भएको झडपमा भारतीय सुरक्षा बलले ज्यान गुमाएका सो समाचारमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ