शिक्षकको कुटाईबाट बिद्यार्थीको टाउकोमा गम्भिर चोट, गृहकार्य नगरेको भन्दै कुटपिट

शिक्षकको कुटाईबाट बिद्यार्थीको टाउकोमा गम्भिर चोट, गृहकार्य नगरेको भन्दै कुटपिट

  • शुक्रबार, जेष्ठ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

४ जेठ, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत राम कामीलाई शिक्षकले निर्घात कुटपिट गरेका छन् ।

गणित विषयका शिक्षक गजेन्द्र अवस्थीको कुटपिटबाट परशुराम नगरपालिका–२, गोगनका १२ वर्षीय कामीको टाउकोमा गम्भीर चोट लागेको छ ।

गृहकार्य नगरेको भन्दै शिक्षक अवस्थीले विद्यार्थीको टाउकोमा स्केलले पिट्दा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय, जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।

विद्यालय नजिकैको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जोगबुढा अस्पताल र्पुयाइएका कामीकोे त्यहाँ पनि उपचार सम्भव नभएपछि कैलाली लगिएको पारिवारीक स्रोतले जनाएको छ ।

विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारबाही र उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ