केपि–प्रचण्ड नेतृत्वको नेकपाले आज केन्द्रीय कमिटि सदस्यको नाम सार्वजनिक गर्दै

केपि–प्रचण्ड नेतृत्वको नेकपाले आज केन्द्रीय कमिटि सदस्यको नाम सार्वजनिक गर्दै

  • शुक्रबार, जेष्ठ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ ४ जेठ ।
नवगठित नेपाल कम्युनिष्ट पार्टी ले आज केन्द्रीय कमिटि सदस्यहरुको नाम सार्वजनिक गर्दैछ । हिजो नै सबै सदस्यलाई सपथ खुवाएको पार्टीले आज ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गर्ने तयारी गरेको हो ।

नवगठित पार्टीमा विगटित एमालेको २ सय ४१ र माओवादी केन्द्रको २ सय गरि ४ सय ४१ केन्द्रीय सदस्य छन् । यी सबैले हिजो नै सपथ खाएपनि सदस्यहरूको वरियताक्रम मिलाउन बाँकी रहेको भन्दै हिजो नाम सार्वजनिक गरिएको थिएन ।

केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् बढीमा १४५ सदस्यीय पोलिटब्युरो बन्नेछ । तीन महिनाभित्र पोलिटब्युरो गठन तथा प्रदेश लगायत तल्ला तहका सबै कमिटी एकीकरण गरिसक्ने अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले हिजो नै घोषणा गर्नुभएको छ ।

यस्तै नेकपाको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ । यसैबीच नेपाल कम्युनिष्ट पार्टीले विघटित पार्टीका सूचनापाटी आज झिक्ने तयारी गरेको छ । हिजो पार्टी एकता भएपछि एमाले र माओवादी नरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आज विघटित पार्टीका सूचनापाटी झिक्ने तयारी गरेको हो ।

अब नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालय तत्कालका लागि धुम्बाराहीमा रहने र जनसङ्गठन तथा जनसम्पर्कका कामहरु भने पेरिसडाँडाबाट हुने जनाएको छ ।

धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा एमालेको अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ