थामिएको शेयर बजार १.६४ बिन्दुले उकालो लाग्यो

थामिएको शेयर बजार १.६४ बिन्दुले उकालो लाग्यो

  • बिहिबार, जेष्ठ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, ३ जेठ ।
लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार १.६४ बिन्दुले उकालो लागेर एक हजार ३३९.६५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२३ बिन्दुले बढेर २८२.३० बिन्दुमा पुगेको छ ।

दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रिया सहज रुपमा अगाडि बढेको भन्दै बजारमा सकारात्मक प्रभाव परेको टिप्पणी गरिएको छ । स्टकका अनुसार आज कूल १५४ कम्पनीको पाँच लाख ७९ हजार ४१ कित्ता शेयर रु २८ करोड ५४ लाख ५५ हजार १४१ मूल्यमा खरिद बिक्री भएका थिए ।

स्टकका अनुसार आज पाँच उपसमूहको शेयरको मूल्य ओरालो लाग्दा पाँच उपसमूहको शेयरमात्रै उकालो लागेको थियो । बैंकिङ २.२, होटल २.९, विकास बैंक २.७१, जलविद्युत् ४.७९, बीमा उपसमूह २८.७२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ४.९८, फाइनान्स ०.२९, उत्पादन १५.९६, अन्य २.४७ र माइक्रोफाइनान्स ४.०२ बिन्दुले ओरालो लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी